सेतो गिद्ध
सेतो गिद्ध | |
---|---|
सेतो गिद्धको एक प्रजातिको वयस्क | |
वैज्ञानिक वर्गीकरण | |
जगत: | जन्तु जगत
|
सङ्घ: | |
वर्ग: | |
गण: | |
कुल: | |
वंश: | Neophron Savigny, 1809
|
प्रजाति: | N. percnopterus
|
वैज्ञानिक नाम | |
Neophron percnopterus (Linnaeus, 1758) | |
विभिन्न उपजातिहरूको वितरण नक्शा |
सेतो गिद्ध (Neophron percnopterus) वा इजिप्सियन गिद्ध प्राचिन विश्वमा पाइने गिद्धको प्रजाति मध्य सानो गिद्ध हो। यो प्रजाति आइबेरियन प्रायद्वीप, उत्तर अफ्रिका देखि नेपाल तथा भारतमा समेत पाइन्छ। यसको मुख्य आहार सिनो भए पनि यसले स-साना स्तनपायी, चरा तथा सरीसृपहरू पनि खाने गर्छ। यसलाई अङ्ग्रेजीमा इजिप्सियन भल्चर (Egyptian Vulture) भनिन्छ।
विबरण
[सम्पादन गर्नुहोस्]सेतो गिद्ध प्राचिन विश्वमा पाइने गिद्धको प्रजाति मध्य सानो गिद्ध हो, जसका लमा, तिखा पखेटाहरू र ठूलो किलाकारको पुच्छर हुन्छ। वयस्क सेतो गिद्ध प्राय: मैलो सेतो जसको पहेँलोपहेँलो अनुहार र काला उडानपङ्ख हुन्छ। बच्चा सेतो गिद्ध फुस्रो, नाङ्गो अनुहार भएको कालो कालो खैरो हुन्छ। वयस्क हुँदैजाँदा पुच्छर, शरीर र पङ्खढकनी ससेतो तथा अनुहार पहेँलो हुँदै जान्छ । वयस्क सेतो गिद्ध सामान्यतया ४७ देखि ६५ सेन्टिमिटर (१९ देखि २६ इन्च) लामो हुन्छ।
वितरण तथा वासस्थान
[सम्पादन गर्नुहोस्]सेतो गिद्ध दक्षिण युरोप देखि उत्तर अफ्रिका हुँदै पश्चिम तथा दक्षिण एसियाका भूभागहरूमा पाइने गर्छ। यसले आफ्नो गुँड पहाडका कन्दरा र साना ओडारमा बनाउँछ र कहिले काँही ठूला रूखहरूमा पनि बनाउँने गर्छ। सामान्यतया ९१५ मिटर सम्मका समथर पहाडी भूभागमा पाइने यो प्रजाति गृष्म मौसममा २,००० मिटर (६,००० फिट)को उचाई सम्म जाने गर्छ।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]- BTO BirdFacts – Egyptian Vulture
- Egyptian Vulture species text in The Atlas of Southern African Birds.
- Egyptian Vulture – Global Raptor Information Network वेब्याक मेसिन अभिलेखिकरण २०२२-०४-२० मिति
- Ageing and sexing (PDF; 5.6 MB) by Javier Blasco-Zumeta & Gerd-Michael Heinze वेब्याक मेसिन अभिलेखिकरण २०१६-०३-०५ मिति
- "इन्टरनेट चरा सङ्कलन सम्बन्धित मिडियाहरू", इन्टरनेट चरा सङ्कलन।
- भिरियो तस्वीर सङ्ग्रह भिरियोमा (ड्रेक्सल विश्वविद्यालय)
- Armenian Bird Census Council